दाङ, २८ फागुन । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरको आयोजनामा तथा नेपाल आदिवासी जनजाति महासङ्घ प्रदेश समन्वय परिषद् लुम्बिनी प्रदेशको व्यवस्थापनमा लोकसेवा तयारी कक्षा सम्बन्धी अभिमुखी कार्यक्रम हुने भएको छ । निजामती तथा सरकारी सेवामा आदिवासी जनजातिहरूको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ प्रतिष्ठानले फागुन २९ गते तुलसीपुरमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।
प्रतिष्ठानको आव ०८१/ ८२ को वार्षिक कार्ययोजना अनुसार नेपालका प्रदेश स्तरमा नायब सुब्बा तहको लोकसेवा तयारी कक्षामा लुम्बिनी प्रदेशभित्र रहेका आदिवासी जनजाति समुदायको सङ्घसंस्था तथा अध्ययन गर्न इच्छुक परीक्षार्थीहरु सहभागी हुन पाउनेछन् ।
लोकसेवा तयारी कक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार तुलसीपुर स्थित दरबार मेट्रो होटलमा बिहान ९ बजेदेखि १२ बजेसम्म हुने आयोजकले जनाएको छ ।