दाङ, ५ चैत । तुलसीपुरमा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन । तुलसीपुर उपमहानगरपालिका ५ स्थित गोदाम घर नजिकै तुलसीपुर १८ दुधरास निवासी १८ वर्षीय बिनोद नेपालीलाई सामान्य विवादका कारण दुई जना अज्ञात व्यक्तिहरुले खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
सामान्य विवाद पछि ती व्यक्तिहरुले अचानक बिनोद नेपालीको ढाडमा खुकुरी प्रहार गरेका थिए । घाईते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचारपछि थप उपचारको लागी नर्सिङहोम नेपालगंज रिफर गरिएको छ । घटनामा संलग्न व्यक्तिहरु फरार रहेका छन । यस घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
