२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

युद्ध क्षेत्रतर्फ जाँदै गर्दा सवारी दुर्घटनामा परि प्युठानका बरालको निधन

दाङ, २७ बैशाख । भारतीय सेनाको तृतीय गोरखा राइफल्स (3GR) मा कार्यरत प्युठान सरुमारानी गाउँपालिका–५, लुकलुके निवासी २५ वर्षीय मन बहादुर बराल मगरको सवारी दुर्घटनामा परि निधन भएको छ ।

बरालको निधन हालै युद्ध क्षेत्रतर्फ जाँदै गर्दा भएको सवारी दुर्घटनामा परि भएको हो । करिब एक वर्षअघि जीवनसंगिनी  मञ्जु सारुलाई गुमाएका बरालले त्यही पीडा बोकी जीवन अघि बढाइरहेका थिए । तर, दुर्भाग्यवश अब उनी स्वयं पनि यो संसारबाट बिदा भएका छन् ।

बराल दम्पतीका चार वर्षीय सुपुत्र युगान्त बराल अब आमाबुवाविहीन बनेका छन् । स्व. मन बहादुर बरालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्थानीयवासी, आफन्त र मित्रजनले गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस