२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

नेजा अमेरिका शाखाको अध्यक्षमा पुनः सुरज भण्डारी निर्वाचित

लास भेगास — नेपाली अमेरिकी पत्रकार संघ (नेजा) को नवौँ महाधिवेशनले पुनः सुरज भण्डारीलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनले १७ सदस्यीय कार्यसमिति गठन गर्दै आगामी कार्यकालका लागि नेतृत्व सुनिश्चित गरेको हो ।

नेजा अमेरिकाको यो महाधिवेशन अमेरिकाको लास भेगासमा भव्य रूपमा सम्पन्न भएको हो । सुरज भण्डारीको नेतृत्वमा गठित नयाँ कार्यसमितिले प्रवासी पत्रकारितालाई अझ प्रभावशाली बनाउने प्रतिवद्धता जनाएको छ ।

सुरज भण्डारी नेतृत्वको नयाँ समिति सार्वजनिक

अध्यक्षमा भण्डारी चयन भएसँगै कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी कल्पना घिमिरेले पाएकी छन् । महासचिवमा इश्वरी न्यौपाने, सचिवमा शंकरबहादुर थापा, र कोषाध्यक्षमा झरणा अधिकारी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा राजकुमार तामाङ (गोले), डा. डोल्मा लामा, यसोदा तिमल्सिना, जानु पंगेनी, दिपेन्द्र खड्का, र डिल्लीबहादुर राउत रहेका छन् ।

क्षेत्रीय संयोजकको रूपमा सृजना काफ्ले (डिसी मेट्रो), शान्तिराज राई (उत्तरपूर्व), दिपक दाहाल (पश्चिम), र ओम आचार्य (मध्य) चयन भएका छन् ।

निर्वाचन समितिको संयोजकत्व संस्थापक गिरिश पोख्रेलले गरेका थिए भने सदस्यहरूमा मोहनसिं लामा, गोपाल गडर्तौला, र तारा रावल थिए । समितिले निष्पक्ष र समावेशी निर्वाचन सम्पन्न गराएको थियो ।

महाधिवेशनमा अमेरिका भरिका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नयाँ नेतृत्वले संस्थाको सशक्तीकरण, प्रवासी पत्रकारहरूको हकहित र नेपाली भाषा-संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

नेजाको नेतृत्व फेरिएसँगै प्रवासी नेपाली पत्रकारितामा नयाँ ऊर्जा थपिने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस