२०८३ असोज ११ गते आइतवार | 2026 September 27th Sunday

अर्थविहीन प्रेम: तिम्रो खुशी नै मेरो सान्त्वनाको प्रसाद हुनेछ… !

– रमेश वलि… देखेका , सुनेका र भोगेका को एक चित्रण,पाउन नसकेको मा अभागी कसरी यो समयमा आएर मायालु अनी चोखो बन्न सक्थेर । यो दुखी लाइ दुख पाउन लेखेको जाहा गएपनि नछोडने रहेछ । समाज स्वार्थी छ व्याक्ति स्वार्थी छ यसै स्वार्थी समाजमा हुर्कीएकी तिमी कसरी चोखो बन्न सक्छौ र । तिमीले भुल गरेकी होइनौ मेरो माया मा नै खोट रहेछ । चाहेको सबै चिज पाउनैपर्छ भन्ने पनि केहि छैन । यति लेख्दैमा तिमी नसोच कान्छाले माया मारेछ भनेर । माया त गाडा छ सागर भन्दपनि गहिरो खुल्ला आकास भन्दापनि फराकीलो अनन्त अनन्त सम्मको लागी । जसले मलाइ माया गर्न सीकायो उसैलाइ भुलीयो भने सीकाउनुको अर्थ होइन र मपनि त्यस्तो भुल्लकड त छैन नी । तिमी साथ हुदा दुइ दिनको जस्तो लाग्ने जिन्दगी अहिले त्यहि जिन्दगीले मोड मोडमा ठक्कर दिदा लामो लागेको छ । खबरहरु यस्तै हुन तर तिमीसँगको सँगतले केही भावुक बनि यो मनलाइ हल्का भएपनि शाहानुभुति मीलेको अनुभव भएको छ । भनि राख्नु त नपर्ला तैपनि एक साथीको नाताले यि शव्द पुन दोहोराउदैछु सानि तिम्रो जिन्दगी राम्ररी चलाउनु पारिवारीक भएपछि जिम्मेवारी थपिएका होलान् । बिगतको कुरालाइ सम्झेर बर्तमानलाइ धमिलो नपार्नु । हुन त तिमीलाइ मेरो सम्झना आउदैन होला त्यैपनि यदाकता आइहाल्यो भने पनि म मरीसकेको लाशलाइ कल्पेर जिन्दगीको एक क्षणपनि बर्बात नपार्नु । ल त ओझेल पर्न चाहान्छु । मेरा दिनर्चाय त यसरी नै बितिरहेको छ र वित्नेछपनि । पहिलो माया मा नै ठेश लागेपछि अर्को नया बनाउनलाइ मन मरिसकेको छ । त्यैपनि तिमीले तिमो मिलने साथिलाई भनेकी रहेछौ जिन्दगीले एक बाटो बिराएपनि अरु बाटाहरु आउछन् भनेर तर मेरो जिन्दगीमा त्यो नै अन्तिम बाटो थियो । तिमीले बुझेर बुझ पचायौ कि मैले तिमीलाइ बुझाउन सकिन यहा कस्को गल्ती थियो त्यो आजको दिनसम्म बुझन सकेको छैन । अब जिन्दगीमा त्यस्ता बाटो कहिल्यै आउदैनन् सानि । समय म भन्दा धेरै अगाडी गइसकेको छ । आइ हालेपनि त्यसको कुनै औचित्य हुने छैन । यो सँसार मेरो लागी विरक्ति सकेको छ । मैले दुःख विछोड पिडामा जिउन जानी सकेको छु यसरी नै कतिन्जेल बिताउन लगाउछ समयले विताइदीउला तर तिमी भने आफनो राम्रो गर्नु बनिसकेको घरलाइ सम्माल्नु सधा खुशी रहनु तिम्रो खुशी नै मेरो सान्त्वनाको प्रसाद हुनेछ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस