दाङ, १२ असार । भुमि समस्या समाधान आयाेग दाङले आज जिल्लामा पहिलाे पटक भुमिहिन सुकुम्वासिहरू लाई पुर्जा वितरण गरेकाे छ । लमहि नगरपालिका काे आयाेजना तथा csrc दाङ र युएन ह्याविटेड काे सहयाेगमा आयाेले लमहि नगरपालि वडा ३ काे कान्छिटाेलमा रहेका २३ जना भुमिहिन नगरिक हरूलाई पुर्जा वितरण गरेकाे आयाेग का सदस्य सचिव पुरन चाैधरीले जाजकारी दिएका हुन ।
लमहि नगरपालिका-का प्रमुख जाेखराज चाैधरीकाे अध्यक्षता तथा भुमि समस्या समाधान आयाेग का केन्द्रीय अध्यक्ष माननीय हरी प्रसाद रीजालकाे प्रमुख आथित्यता तथा दाङ जिल्ला सम्माेनय समिति का अध्यक्ष नित्यानन्द शर्मा र भुमि समस्या समाधान आयाेग दाङ जिल्ला अध्यक्ष हुकुम बहादुर वस्नेतकाे बिशिष्ठ आथित्यतनमा कार्यक्रम सम्पन्न भएकाे थियो ।
एक धुर जग्गा समेत नाममा दर्ता नभएका परिवारले पहिलोपटक जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरू निकै हर्षित भएका छन् । तीन पुस्तादेखि लालपुर्जाविहीन जीवन बिताउँदै आएका परिवारलाई पहिचान गरी जग्गा दर्ता गराइएको थियो ।
गोचान्दर चौधरी, ठग्नी चौधरी, कालु चौधरी, विदेशी चौधरी, रोरु चौधरी, रामप्रसाद चौधरी, मिनाकुमारी चौधरी, गुरुप्रसाद चौधरी, शिवशंकर चौधरी, रामकुमारी चौधरी, सरीता चौधरी, हरिप्रसाद चौधरी, झलकराम चौधरी, सुनिता चौधरी, कमल चौधरी, अशोककुमार चौधरी, रामकली चौधरी, ठगिराम चौधरी, शहाविर चौधरी, कल्लुराम चौधरी, शेरु चौधरी, कङलु चौधरी र सुनिता चौधरीले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्नु भएको छ ।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि रिजालले तोकिएको समयसीमाभित्र भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
“पहिला वन कि मान्छे ? जंगललाई जंगलको रूपमा राख्ने र बस्तिलाई बस्तिको रूपमा विकास गर्न चाहन्छौँ”, उनले भने, “ऐन, नियम, कानुनभन्दा बाहिर गएर आयोगले काम गर्दैन । संविधानले प्रदत्त गरेको सम्पत्ति र अधिकार कार्यान्वयन गर्न हामी प्रतिवद्ध छौँ । यसको प्रत्याभूति दिलाउने जिम्मेवारी सरकारको रहेको समेत बताएका हुन।”
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, लमहि नगरका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, निवर्तमान नगर प्रमुख कुलबहादुर केसी, नापी कार्यालय दाङका प्रमुख पुरन चौधरी, आयोगका विज्ञ सदस्य यज्ञ नारयण आचार्य, आयाेगका महिला सदस्य हिरा देवि पुन संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रमकी नेपाल प्रमुख प्रज्ञा प्रधानलगायतले भूमिहीन सुकुम्बासीलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने अभियानले सार्थकता पाउन थालेकोमा खुशी व्यक्त गरेका थिए ।
लमही नगरपालिकाको आयोजनामा, जिल्ला भूमि समस्या समाधान आयोग, संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम र सामाजिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
भुमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, आयाेग का जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेत लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, र उपप्रमुख लक्ष्मी योगीले भूमिहीन सुकुम्बासीलाई संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गरेका थिए ।
यस्तै वडा नं. ३ का वडा अध्यक्ष मनोज चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशासन अधिकृत महेश थापा ठेडीले गरेका थिए ।