२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

ज्ञान सीप वा सूचना नै अहिलेको सबैभन्दा ठूलो शक्ति मा.गिरी

दाङ, १९ असार । लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले ज्ञान , सीप वा सूचना नै अहिलेको सबैभन्दा ठूलो शक्ति भएको बताएकी छन् ।

बिहीबार तुलसीपुरस्थित सामाजिक बिकास डिभिजन कार्यालयमा महिलाको लागि आयोजित एक महिने ड्राइभिङ तालिम समापन कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सांसद गिरीले ज्ञान , सीप वा सूचना नै अहिलेको सबैभन्दा ठूलो शक्ति भएको बताएकी हुन् ।

‘ बाटो छेउको घर वा जग्गा भन्दा ठूलो सम्पत्ति सूचना हो,’ प्रदेश सभासद गिरीले भनिन् ‘ जो संग ज्ञान सीप वा सूचना छ त्यस्ता महिला दिदी बहिनी कँही गएपनि अप्ठेरोमा पर्नु पर्दैन ।

यस्तै गिरीले तस्बिर आँफै बोल्छ भने जस्तै महिलाहरुले हाँकेको चार पाङ्ग्रे सवारी देख्दा ती महिला आँफैमा आत्मनिर्भर छिन भन्ने उदाहरण दिन्छ, त्यसैले आज मोटर गाडी मात्रै होइन पाइलटपनि महिला भएको भन्दै यो संख्या वृद्धि गर्दै जानुपर्नेमा समेत बताइन् ।

प्रमुख अतिथि गिरीले महिला दिदी बहिनीहरुलाई सीप सिकाएर भविश्यमा दक्ष चालक बनाउने उदेश्यका साथ प्रदेश सरकारले एक महिने तालिमका लागि लगानी गरेको र त्यो हजुर हरुले सीकेको त्यो सीपलाई निरन्तरता दिन सम्पुर्णलाई आग्रह समेत गरेकी हुन् ।

कार्यक्रमका बिशिष्ट अतिथि सामाजिक बिकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरिराज पाण्डे, नेपाल तरुण दलका नेता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य मुक्तिप्रशाद न्यौंपाने, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का लगाएतले मानव जिवनमा सीपको महत्वका बारेमा मनतब्य राखेका थिए ।
तुलसीपुर उपमहानगरपालिका – ६ बरुवागाउँस्थित लक्ष्मी ड्राइभिङ सेन्टरका निर्देशक सुरज बुढाथोकीको अध्यक्षमा भएको समापन कार्यक्रमको सहजिकरण पत्रकार केबी वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ असार १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस