दाङ, ३१ असार । दाङमा बबई नदिमा डुबेर मृत्यु भएका दुईजना विद्यार्थीको सम्झनामा दीप प्रजनन कार्यक्रम सम्पन्न गरिएको छ ।
सोमबार दिउँसो साढे २ बजेतिर बबई गाउँपालिका ५ पुरन्धारा छहरा नजिकै बबई नदिमा नुहाउने क्रममा डुबेर मृत्यु भएका दुईजना विद्यार्थी १७ वर्षिय विधान केसी र १८ वर्षिय कुशल बुढामगरको सम्झनामा मङ्गलबार तुलसीपुरको बीपीचोकमा दीप प्रजनल कार्यक्रम गरिएको थियो ।
कल्पना भन्दा बाहिरको दुर्घटनामा परी दुई दुई जना कलिला विद्यार्थीहरूले ज्यान गुमाउदा आज सिङ्गो विद्यार्थी शोकमा परेको भन्दै विद्यार्थी नेता केवी वलीले दुख व्यक्त गरेका थिए । १०० जना भन्दा बढी विद्यार्थीको सहभागीमा एक मिनेट मौनदार गर्दै गरीएको दीप प्रजननको नेतृत्व ज्याक्की थापा मगरको गरेका थिए ।
प्रकाशित मिति : २०८२ असार ३१ गते मङ्गलवार