२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

तिज खर्च बचाएर स्कूललाई ४० हजार सहयोग

दाङ, १ साउन । महिला उद्यमी सपना (भण्डारी) बस्नेत ले माध्यमिक विद्यालय दोघरे स्कूल लाई ४० हजार रुपैयाँ नगद सहयोग गरेकी छिन् । सपना बस्नेतका अनुसार, तिजको समयमा हुने फजुल खर्च र भड्किलो प्रवृत्तिलाई कम गर्दै सामाजिक सेवा प्रवर्द्धन गर्ने उद्देश्यले उनले आर्थिक सहयोग गरेकी हुन् ।

विद्यालयकी प्रधानाध्यापक सुनिता यादव का अनुसार, उक्त रकमबाट शिशु कक्षामा अध्ययनरत बालबालिकाहरूको सहजताका लागि राउन्ड टेबल निर्माण गरिनेछ । सामाजिक कार्यमा सक्रिय बस्नेतले यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र अरूलाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गरेकी छन् । उनी विशाल र सपना इन्टरप्राइजेज फर्म दर्ता गरेर व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ।

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस