२०८२ माघ १९ गते आइतवार | 2026 February 1st Sunday

सोनापुर मिनरलले बिजुलीको बक्यौता बुझायो

दाङ, २६ कार्तिक । दाङको दुधरास स्थित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ ।

मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८६ लाख ३० हजार बुझाएपछि काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् आपूर्ति गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको रु २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेकामा हिजो उक्त रकम दाखिला गरेको हो । उक्त उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस