२०८३ बैशाख २६ गते शनिवार | 2026 May 9th Saturday

तुलसीपुरमा ग्लुकोमा विषयक निरन्तर चिकित्सा शिक्षा सम्पन्न

दाङ, २० मंसिर । राप्ती आँखा अस्पतालको आयोजना तथा  सनफारमा को प्रायोजनमावको ग्लुकोमा (जलविन्दु) विषयक निरन्तर चिकित्सा शिक्षा (CME) कार्यक्रम शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । नेत्र विशेषज्ञ, नेत्र सहायक तथा विभिन्न स्वास्थ्यकर्मीहरूको सीप र ज्ञान पुनर्ताजगी गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

ग्लुकोमा सम्बन्धमा जलविन्दु विशेषज्ञ तथा सहायक प्राडा डा. रञ्जित कुमार शाहले प्रशिक्षणमार्फत “ग्लुकोमा आँखाभित्रको दबाब बढेर दृष्टि नसामा स्थायी क्षति पुर्‍याउने रोग भएको बताएका हुन । समयमै जाँच र उपचार नगरे दृष्टि फिर्ता नफर्कने गरी अन्धोपन ल्याउन सक्छ” भन्दै यसको नियमित जाँच अत्यावश्यक भएको बताएका हुन ।

कार्यक्रम राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर तथा सहायक प्राडा डा. रञ्जित कुमार शाहको अध्यक्षता तथा राप्ती आँखा अस्पताल  प्रशासनिक समितिका संयोजक ध्रुव गौतम प्रमुख आतित्यतामा भएको कार्यक्रममा नेत्र विशेषज्ञ डा. विनिता केसी तथा सहायक प्राडा डा. रञ्जित कुमार शाहले प्रशिक्षणमार्फत ग्लुकोमाको जाँच विधि, उपचार प्रक्रिया, प्रभावकारी व्यवस्थापन, जोखिम समूह, रोकथामका उपाय तथा नयाँ प्रविधिहरूबारे स्वास्थ्यकर्मीहरूलाई विस्तृत जानकारी दिएका हुन । प्रशिक्षणकै क्रममा डाक्टरहरूले “नेपालमा जलविन्दुका कारण धेरै व्यक्तिहरूले दृष्टि गुमाइरहेका छन्, त्यसैले नियमित आँखा परीक्षण, समयमै उपचार र जनचेतना अभियान अपरिहार्य भएको बताएका हुन ।

कार्यक्रममा नेपाल नेत्र ज्योति सङ्घ दाङका सदस्यहरू सुरेन्द्रबहादुर खड्का, ताराप्रसाद पोख्रेल, वरिष्ठ दृष्टि विशेषज्ञ ओमप्रकाश यादव, वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतम, वरिष्ठ फिजिसियन डा. ज्ञाननाथ पाण्डे, डा. सुमित पाण्डे, डा. चन्द्रशेखर शर्मा, डा. स्मिता श्रेष्ठ, अस्पताल व्यवस्थापक शशी लामिछाने, काउन्सेलर विष्णुप्रसाद खनाल, साथै संसारमाका प्रतिनिधिहरूको सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो । सम्पूर्ण कार्यक्रमको सञ्चालन डाक्टर रश्मिता श्रेष्ठ तथा निरला अर्यालले गरेका थिए ।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस