२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित दाङमा २ जना घाइते

दाङ तुलसीपुर
२७, पुस – दाङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । बुधबार बिहान करिब साढे ७ बजेतिर घोराहीदेखि तुलसीपुर आउँदै गरेको रा ४ प ६८८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए |

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका-१८ हेमन्तपुर निवसी १८ वर्षिय निर्जल बुढाथोकी रहेका छन् । त्यस्तै मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-१२ निवासी ४८ वर्षिय नरबहादुर बुढा पनि घाइते भएको डिएसपी मल्लले जानकारी दिए । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस