२०८१ माघ ३० गते बुधवार | 2025 February 12th Wednesday

सोलुखुम्बुमा एक युवक बलत्कार आरोपमा पक्राउ

सोलुखुम्बुमा नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिका २ निवासी २५ वर्षीय विक्रम श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी राम किशोर शाहका अनुसार एक १५ वर्षीया बालिकालाई पटक पटक करणी गरेको अभियोगमा श्रेष्ठलाई घरबाटै पक्राउ गरिएको हो । पक्राउ परेका युवक माथी जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस