२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

दाङको लमहीमा आगलागी हुदा एकगोठ जलेर नष्ट

दाङमा एउटा गोठमा आगलागी हुँदा ३ लाखभन्दा बढीको क्षेती भएको छ । लमही नगरपालिका वडा नम्बर ७ नयाँबस्तीमा गएराती करिब साढे १२ बजे आगलागी हुँदा एकगोठ जलेर पुणर्रुपमा नष्ट भएको हो ।

राती सुतिरहेको अवस्थामा रबिलाल चौधरीको गोठमा अचानक आगलागी भएको हो । आगलागी बाट भैँसीको पाडा, अन्नपात, लत्ताकपडा, गोठमा राखिएका काठ सबै जलेर नष्ट भएको पिडित चौधरीले बताए । सुतेको अबस्थामा छिमेकीले आगो दन्केको देखेपछी स्थानियलाई खबर गरेका थिए । स्थानिय, प्रहरी र दम्कलको सहायताले आगो नियन्त्रणमा लिईएको हो ।

आगो कसरी लाग्यो भन्ने एक्किन हुन सकेन । छिमेकमा रहेका फुसका छाना भएका अन्य घरहरु आगलागी हुनबाट जोगिएका छन् ।

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस