
दाङको तुलसीपुर उपमहानगरपालिका–८ अस्वारामा मोटरसाइकल र स्कुटी ठोक्कीदा एक जना महिला घाइते भएको प्रहरीले बताएको छ । घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निबासी २७ वर्षकी कमला वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नीरीक्षक रेशम खत्रीले जानकारी दिएका छन । वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
तुलसीपुरबाट भमके तर्फ जाँदै गरेको रा३प७१२० नम्बरको मोसाले रा७प८८४३ नम्बरको स्कुटीलाई साँझ साढे ६ बजे ठक्कर दिएको थियो । मोटरसाइकल चालक तुलसीपुर–१ भमके निवासी टोपलाल बस्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।
प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार