२०८२ जेष्ठ ३१ गते बिहिवार | 2025 June 12th Thursday

प्रेस युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा सुदिप गौतम निर्वाचित

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत रूपले अध्यक्षमा सुदिप गौतम निर्वाचित भएका छन ।

दाङको घोराहीमा माघ ५ गते सम्पन्न प्रेस युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा गौतम निर्वाचित भएका हुन l कार्यसमितिको खुला उपाध्यक्षमा जय सिहं केसी, महिला उपाध्यक्षमा सारदा मल्ल, समावेशी उपाध्यक्षमा पहलमान घर्ती, महासचिवमा नवीन गीरी, खुला सचिवमा सुर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेसी सचिवमा सम्सेर बिक्रम जिसी, कोषाध्यक्षमा सीपी खनाल चुनिएका छन।

यस्तै सदस्यहरूमा प्रकाश रेग्मी, वसन्त वन्जाडे, तेजेन्द्र केसी, सुदिप भण्डारी, गौरव गिरी, विष्णु आचार्य, पारस भण्डारी, दिलीप खडका, प्रमोद आचार्य, रबीन सर्मा चापागाइ, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सिमा भट्टराइ, ओमा कडेल, पुजा पन्थी, दुःख हरण यादव, रबीन्द्र यादब, सुरेस परीयार रहेका छन भने लेखा समीती संयोजकमा मुत्ती प्रसाद न्यैपाने र सदस्यहरुमा सुरेश रेग्मी र प्रकाश घिमिरे निर्वाचित भएका छन।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस