२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

बिच भलिवलको उपाधि टिम हनुमानलाई

दाङ तुलसीपुरमा सन्चालन भएको साबिक राप्ती अञ्चल खुल्ला पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि टिम हनुमान तुलसीपुर दाङले हात पारेको छ ।

टिम हनुमानले उपाधि हात पार्दा टिम कन्चन आयुर्वेधिक तुलसीपुर उपविजेता भएको छ । उपाधिसँगै टिम हनुमानले नगद रु. १५ हजार १ सय ११ रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र जितेको छ भने उपविजेता कन्चन आर्युवेधिक तुलसीपुरले नगद ७ हजार ५ सय ५७ रुपैयाँ हात पारेको छ । टिम हनुमानले सिधा सेटमा कन्चन आर्युवेधिकलाई २ – ० को अन्तरले हराउँदै उपाधि हात पारेको हो । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुरको आयोजनामा संन्चालन भएको प्रतियोगितामा साबिक राप्ती अञ्चलका विभिन्न जिल्ला बाट१३ वटा टिमको सहभागिता थियो ।

प्रशिक्षण केन्द्रका का. वा. अध्यक्ष विरेन्द्र कुमार डाङ्गीको अध्यक्षता तथा लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देबेन्द्र वैरागिको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गरिएको थियो ।

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस