
दाङमा एक किशोर मृत अवस्थामा फेला परेका छन् । शान्तिनगर १ आग्रानेटाका १७ बर्षीय प्रमोद डाँगी शान्तिनगर – ५ रगैंजा नजिकै सानो तुलसीपुर जाने नालामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मान वहादुर विसीले जानकारी दिएका छन ।
मंगलबार रगैंजामा फुपुको घर बर्थे डे पार्टीमा सहभागि भइ राति १० बजे घर फर्केका डाँगी मृत अवस्थामा फेला परेका हुन् । हाल सम्म घटना स्थलमा परिवार र आफन्ती आइपुगेका छैन् । घटना स्थलमा परिवार र आफन्ती आएपछि शव बारे अनुसन्धान गरिने प्रहरी जनाएको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार