२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

दाङमा खुकुरी प्रहारबाट एक युवक घाइते

दाङको तुलसीपुरमा खुकुरी प्रहार हुँदा युवक घाइते भएका छन् । दाङ तुलसीपुर– ३ दमारगाउँको गुम्बा नजिकै खुकुरी प्रहार हुँदा तुलसीपुर उपमहानगरपालिका–३ निवासी १८ वर्षीय दिपेश कौसल घाइते भएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आईतबार बेलुकी ५ बजेतिर खुकुरी प्रहार हुँदा घाइते भएका कौसलको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीमाथि तुलसीपुर –९ चुलेसी निवासी २१ वर्षका नवराज भुषाल र सोही ठाउँका गोविन्द भन्ने २ जनाले सडकमा हिडिरहेका कौसललाई टाउकोमा खुकुरी प्रहार गरेर भागेको पीडित परिवारले जानकारी दिएका छन् । घटनाको विषयमा छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस