२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

बसकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

सल्यानमा बसकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ । राप्ती राजमार्गअन्तर्गत सल्यानको त्रिबेणी गाउँपालिका-६ शंखमुलमा बसले बिहीबार दिउँसो साढे ४ बजेतिर मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

श्रीनगरदेखि काभ्रा जाँदै गरेको लु २ ख १२२२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक छत्रेश्वरी गाउँपालिका-३ पालेखोला घर भएका वर्ष १९ का अजय ओलीको मृत्यु भएको हो ।

बसको ठक्करबाट सख्त घाइते भएका ओलीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको र अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

बससहित चालक त्रिबेणी गाउँपालिका-६ वर्ष ३३ का होमबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएर ईप्रका लुहाममा राखिएको उनले जनाए । घटनाबारे थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस