२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

निमावि तहको शिक्षक लाइसेन्स खुल्यो

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको छ ।

कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने छ । शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन् ।

आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ । आवेदन अनलाइनबाट दिन सकिने छ ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस