२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कृत

अर्घाखाँची, ९ असोज । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-२ चुत्राबेशी बस्ने २१ वर्षीय राम बहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

पुनले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस