२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति

काठमाडौं, १२ असोज । संघीय राजधानी काठमाडौैंमा आन्दोलनरत राहतका शिक्षकहरु र सरकारबीच सहमति भएको छ ।

आज (शुक्रबार) अपरान्ह सिंहदरबारस्थित् शिक्षा मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच सहमति जुटेको हो ।

वार्तामा शिक्षामन्त्री अशोक राई, रक्षाराज्यमन्त्री प्रमिला कुमारी र सचिव सुरेश अधिकारी सहभागी थिए ।

शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो ।

तर महासंघ र सरकारबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राख्ने घोषणा गरेका थिए । उनीहरुले शनिबारदेखि माइतीघरमा आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका थिए ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस