२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

जवरजस्ती करणी गरेको आरोपमा पुलामी पक्राउ

दाङ, ६ मंसिर । दाङमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा घोराही उपमहानगरपालिका १५ का ३१ वर्षीय सुवास पुलामीलाई प्रहरीले पक्राउ गरेको हो ।

महिलाई विवाह गर्छु भनी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले पुलामीलाई सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस