२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

यात्रुलाई दुर्व्यवहार गर्ने हाईसको सहचालक डाँगीलाई कार्वाही

दाङ, २४ मंसिर । अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालि तुलसीपुरले यात्रुलाई दुर्व्यवहार गर्ने सहचालकलाई कारबाही गरेको छ । रा १ ख २९३४ नम्बरको हाइसका सहचालक पोषण डाँगीलाई प्रालिले आफू मातहतका कुनै पनि गाडीमा आगामी दिनमा रोजगार नपाउने गरि हटाएको छ । गाडीका सहचालक डाँगीले मंसिर १९ गते नेपालगञ्ज देखि दाङको तुलसीपुर तर्फ आउँदै गरेको हाइसमा चढेका यात्रुलाई अश्लिल शब्द प्रयोग गरेर दुर्व्यवहार गरेपछि कारबाही स्वरुप रोजगारबाट हटाएको प्रालिका अध्यक्ष घनश्याम बस्नेतले जानकारी दिएका छन । आफू मातहतको समितिले कुनै गाडीमा रोजगार दिएमा उक्त गाडीको चलानी समेत रोकेर कारबाही गर्ने चेतावनी समेत प्रालिले दिएको छ ।

‘नेपालगञ्जबाट तुलसीपुर आउनका लागि चढेका यात्रुलाई गाडीमा राखेर तथा नाम अश्लिल शब्द प्रयोग गरेर दुर्व्यवहार गरेको सामाजिक सञ्जालमा देख्यौं । त्यसको लगत्तै मंसिर २१ गते बसेको प्रालिको पदाधिकारी बैठकले कारबाही गर्ने निर्णय गर्यौ ।’  अध्यक्ष बस्नेतले भने ।‘सहचालकको यो कस्तो दादा गिरी’ शीर्षकमा सुप्रिम भ्लगहरू लेखिएको युट्युब च्यानलमा एक युवकलाई जबरजस्ती गाडीमा धकेल्दै चढाएर अलि पर सर खाथे भन्दै गाडीबाट खसालिदिने भन्दै सहचालक डाँगीले तथा नाम गाली गरेको सुन्न सकिन्छ ।

यात्रुले किन मासाले  भनेको भन्दै प्रति प्रश्न गर्दा सहचालक डाँगीले अरु जस्तो स्टाप नसम्झे भन्दै गाडी भित्र पटक पटक कुट्न प्रयास गरेको देखिन्छ । युवकसँग छेउमा महिला र एक बालक देखिन्छन् सहचालकले जबरजस्ती धकेल्दै पर सर भन्दा विवाद भएको जस्तो देखिन्छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस