२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

गुरुकुल एकेडेमीको उच्च गुणस्तर र सुरक्षित संरचना निर्माण हुदै

दाङ, १८ पौष । शैक्षिक शत्र २०८१ बाट पुर्ण रुपमा संचालनमा आउन लागेको गुरुकुल ऐकेडेमी तुलसिपुर र लमहिले आफ्ना भौतिक संरचनाहरु निर्माणलाई तिब्र रुपमा अगाडि बढाएको छ । तिब्र निर्माणसंगै वालवालीकाहरुको सुरक्षा सतप्रतिशतको लागि विद्यालयले निकै मजबुत तथा सुरक्षित संरचनाहरुको निर्माण गरेको छ । 

इन्जिनियरहरुको उच्च डिजाइन तथा निगरानि गर्दै मापदन्डमा रहेर निर्माण कार्य गरीएको छ । यस्तै बालबालिकाहरुको स्वास्थ्यमा पनि निकै संवेदनशिल भएको हुदा सिमित तापक्रम राखिराख्ने गरी विल्डिङका भवनहरुमा वाल लगाउने काम भईरहेको छ । विद्यालयले उच्च गुणस्तरको क्याभिटि वाल लगाएको छ । जसले गर्दा विद्यार्थिहरुको लागि गर्मिमा बाहिरको मौषम भन्दा ५ डिग्रि कम तापक्रम राख्ने काम गर्छ भने जाडो याममा ५ डिग्रि तापक्रम बढाउने इन्जिनियर सन्तोष भट्राईले जानकारी दिनुभयो । 

यसले विद्यालर्थिहरुलाई गर्मि र जाडो दुबै मौषमको तापक्रमबाट जोगाउने स्पास्थ्यमा प्रतिकुल असर नपर्ने गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । गुरुकुल एकेडेमीले विद्यार्थिहरुको भविष्यको ख्याल राख्दै पढाईमात्र नभई विद्यार्थिहरुको नैशर्गिक अधिकार र सर्वागिंन विकासको लागि विभिन्न अतिरीक्ति क्रियाकलाप गर्दै आएको छ । 

दाङ जिल्लाको एकमात्र सुबिधा सम्पन्न विद्यालय गुरुकुल एकेडेमी घोराहि , तुलसिपुर र लमहिमा यहि आउदो सरस्वति पुजा बाट अक्षरारम्भ सहित मन्टेस्वरीमा भर्ना संचालन हुदै छ भने कक्षा ९ सम्म शैक्षिक सत्र २०८१ बैशाख बाट पुर्ण रुपमा भर्ना संचालन हुने छन ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस