२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

सनाखत भएका ८ शव मध्य ३ वटा शवकाे पोष्टमार्टम

दाङ, २८ पौष । राप्ती नदिमा बस खस्दा ज्यान गुमाएकाको शव पोष्टमार्टम सुरु गरिएको  छ । दुर्घटना पछि लमही अस्पतालमा ल्याईएका १२ वटा शव मध्य सनाखत भएका ८ जनाकाे  पोष्टमार्टम भईरहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्ले जानकारी दिएका हुन । हाल सम्म ३ जनाकाे पोष्टमार्टम भईसकेकाे छ 

पोष्टमार्टम पछि शवलाई आजै आफन्तकाे जिम्मा लगाउने तयारी भएको मल्लले जानकारी दिएका हुन । कतिपय  आफन्त शव लिन लमही अस्पताल आईपुगेकाे प्रहरीले जनाएकाे छ । घर सम्म शव पुर्याउन  निशुल्क एम्बुलेन्स उपलब्ध गराइने भएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति  पुलबाट तल राप्ती नदीमा खसेको थियो । पुलबाट बस खस्दा १२ जनाकाे मृत्युु भएको थियाे । भने  २३जना घाइते छन् । घाइते मध्य ४ जनाकाे अबस्था गम्भीर छ । प्रहरीका अनुसार १२ मध्य ८ जनाको सनाखत भएको छ । बसमा ३६ जना यात्रु रहेकाे मल्लकाे भनाइ छ । बस चालक सल्यान त्रिबेणी गाउँपालिका ४ का २८ बर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस