२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

बाँकेबाट तुलसीपुरतर्फ आउदै गरेको जिप दुर्घटना हुँदा १० घाइते

दाङ, २ माघ ।  दाङको तुलसीपुरमा यात्रुबहाक जिप दुर्घटना हुदा १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बाँकेको बैझापुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ७०५ नम्बरको जिपको तुलसीपुर–अमिलिया सडकखण्ड अन्तर्गत तुलसीपुर ११ को उरहरीमा आज मंगलबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा पनि घाइते हुनेमा जिप चालक दाङको शान्तिनगर गाउँपालिका ६ निवासी २२ वर्षिय सन्दिप खड्का, जिपमा सवार शान्तिनगर – ५ निवासी १८ वर्षिय समिर चौधरी, २४ वर्षिय शंकर रावत, शान्तिनगर ६ का २२ वर्षीय कृष्ण चौधरी, सोही ठाउँका २३ वर्षिय किरण चौधरी, १९ वर्षिय समिर चौधरी, २८ वर्षिय सरद जैशी, रोल्पाको गंगादेव गाउँपालिका ६ का २२ वर्षिय चुडामणी ओली र सल्यानको शारदा नगरपालिका ८ का २१ वर्षीय निमलाल सेजुवाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

अहिले घाईतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस