२०८१ माघ ३० गते बुधवार | 2025 February 12th Wednesday

१९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

काठमाडौ, २ माघ । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ शिखरपुरको झाडीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

भाडामा बस्दै आएकी १९ वर्षीया युवतीलाई सोही स्थानमा डेरा गरी बस्ने युवाहरुले गत पुस २७ गते साँझको समयमा बलात्कार गरेकाे प्रहरीको दाबी छ ।

युवतीलाई बलात्कार गरेको अभियोगमा चार युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस