२०८१ कार्तिक १८ गते आइतवार | 2024 November 3rd Sunday

दाङमा बलात्कार गर्न लगाउने मतियारसहित ३ जना पक्राउ

दाङ, ४ माघ । दाङमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गराउने मतियार सहित ३ जना पक्राउ गरेका छन् ।  राजपुर गाउँपालिका ७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका ६ बस्ने १० वर्षका २ जना बालकलाइ मंगलबार पक्राउ गरेको  प्रहरीले जनाएको छ ।

सुकविरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको थियो । 

उनीहरूमध्ये २ जना बालकलाई आफन्तको जिम्मा लगाई पठाइएको छ भने सुकबिर कुमाल र अन्य २ जनालाइ  जिल्ला अदालत दाङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस