२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

दाङमा घरको छतबाट खसेकी एक किशोरीको उपचारको क्रममा मृत्यु

दाङ, १३ माघ । दाङको तुलसीपुरमा घरको छतबाट खसेर गम्भीर घाइते भएकी एक किशोरीको उपचारकै क्रममा मृत्यु भएको छ । 

शुक्रवार बेलुका पौने ७ बजेको समयमा घरको छतबाट खसेर गम्भिर घाइते भएकी तुलसीपुर ५ रानिजरुवा निवासी १७ वर्षिया कमला केसिको कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस