२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

विकासनगर टोल विकास संस्था गुट्खा मुक्त टोल घोषणा

दाङ, १३ दाङ । विकासनगर टोल विकास संस्थालाई गुट्खा तथा सुर्तिजन्य पद्धार्थ मु्क्त टोल घोषणा गरीएको छ । घोराही उपमहानगरपालीका वडा नं १५ स्थित विकासनगर टोलले नँया अभियानका साथ गुट्खा मुक्त टोल घोषणा गरेको हो । 

आज टोलको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टोललाई गुट्खा मुक्त टोल बनाइएको जानकारी दिइएको हो । कार्यक्रममा घोराही उपमहानगरपालीका वडा नं १५ का वडा अध्यक्ष रमेश कुमार पान्डेले यो अभियान निकै प्रशंसनिय भएको बताएका हुन । उँनले आफ्नो वडामा रहेका १०९ वटा टोल मध्ये विकासनगर टोलले सधै नँया भिजनका साथ काम गरेको हुदा यस्ता स्वास्थ्य तथा सरसफाईमा महत्व भुमिका खेल्ने गरी काम गर्दा वडाको तर्फबाट सधै सहयोग गर्ने पनि बताएका हुन । 

यस्तै घोराही नगर सरसफाई संयोजक भानसिङ बुढाले गुट्खाले स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले गुट्खा खान नहुने बताउनुभएको छ भने सरसफाईमा पनि समस्या पारेको बताएका हुन । उँनले उपमहानगरले पनि यो योजना अघि सार्ने बताएका हुन । कार्यक्रममा घोराही बनाउ अभियानका संयोजक सविन प्रियासनले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन । उँनले घोराही बनाउनको लागि बिभिन्न काम मध्ये यो पनि एक भएको हुदा यसलाई जस्तो सुकै अबस्थामा पनि निरन्तरता दिनुपर्ने बताएका हुन । 

विकासनगर टोल विकास संस्थाले टोल बनाउनको लागि यस टोलका अध्यक्ष बेचन वलीको अथक मेहनत रहेको छ यसकै फलस्वरुप आज गुट्खा मुक्त टोल बनाउन सफल भएको अध्यक्ष वलीले बताएका हुन । गुट्खा मुक्त टोल घोषणा कार्यक्रममा घोराही उपमहानगरका सरसफाई अधिकृत लक्ष्मण अधिकारी ,स्वास्थ्य शाखा प्रमुख नारायण घर्ति लगायतले मन्तव्य राखेका थिए । 

संस्थाका अध्यक्ष बेचन वलीको अध्यक्षतामा तथा उपाध्यक्ष शोभा शाहको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिव दिपक वलीले गरेका हुन ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस