
दाङ, १७ माघ । महायज्ञको पाचौँ दिन ३४ लाख बढी आर्थिक सहयोग भएको छ । बुधबार ३४ लाख १७ हजार २९० रुपैयाँ संकलन भएको हो। नगद र प्रतिबद्धता गरि हाल सम्म २ करोड ४८ लाख ६२ हजार ५ सय ४६ रुपैयाँ आर्थिक सहयोग महायज्ञ मूल आयोजक समितिको आर्थिक उपसमितिले जनाएको छ। मंगलबार चौथो दिन सम्म २ करोड १४ लाख ४५ हजार २ सय ५६ रुपैयाँ आर्थिक सहयोग रकम संकलन भएको थियो । ५ करोड आर्थिक संकलन गर्ने उद्देश्य लिएको मानव सेवा आश्रमको महायज्ञबाट लक्ष्य पुरा हुने देखिएको छ । तुलसीपुरको अरणीको मैदानमा माघ १३ गतेदेखि २० गते सम्म सञ्चालन गरिएको मानव सेवा आश्रम निर्माणार्थ सञ्चालन गरिएको महायज्ञको पाँचौ दिनको मध्यान्ह सम्म नगद ५० लाख ५६ हजार ३ सय ६८ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
स्थानीय सरकार तथा सङ्घसंस्थाहरूको प्रतिबद्धताबाट १ करोड ६३ लाख ८१ हजार ८ सय ८८ रुपैयाँ प्राप्त हुने भएको छ । नगद र प्रतिबद्धता समेत गरि २ करोड १४ लाख ४५ हजार २ सय ५६ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको आर्थिक उपसमितिले जानकारी दिएको छ । महायज्ञमा सबैभन्दा बढि लायन्स क्लब अफ इन्टरनेशनलबाट १ करोड २३ लाख, तुलसीपुर उपमहानगरपालिकाबाट ५ कोठा भवन निर्माणका लागि २५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माले ५ लाख ११ हजार १ सय ११, दंगीशरण गाउँपालिका ५ लाख ११ हजार १ सय ११ र शान्तिनगर गाउँपालिकाबाट ५ लाख ११ हजार १ सय ११ हजार रुपैयाँ भवन निर्माणार्थ रकम उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भइसकेको छ । पाँचौ दिन सम्मको आर्थिक सहयोग प्राप्तिको अवस्थालाई दृष्टिगत गर्दा ५ करोड भन्दा बढि रकम संकलन हुने देखिएको मूल आयोजक समितिका कोषाध्यक्ष सुष्मा गिरीले जानकारी दिए ।
योगदान कक्षमा आर्थिक सहयोग गर्नेहरूको उत्साहजनक भीड देखिएको थियो । यस्तै, महायज्ञ स्थलको पण्डालमा ठुलो सङ्ख्यामा रहेका धर्मावलम्बी तथा दर्शनार्थीहरूको पाचौँ दिन भरिभराउ रहेको छ । कथा वाचन कर्ता कमलनयन गौतमको शैलीले मनमुग्ध भई रमाइ रहेका महिला तथा पुरुषहरू भजन प्रस्तुतिका बखत नृत्य गर्ने र रमाउने गरेका छन् । मंगलबार चौथो दिन झण्डै २५ सय बढीको उपस्थिति रहेको आकलन गरिएकोमा पाचौँ दिन बुधबार उक्त संख्या भन्दा बढी उपस्थिति रहेको मूल आयोजक समितिले बताएको छ ।
रात्रिकालीन भजनकीर्तनमा उत्साह पाचौ दिनको रात्रिकालीन भजनकीर्तनमा समेत दर्शनार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ । र बेलुकी ७ बजेदेखि ९ ः ३० बजे सम्म भजनकीर्तन तथा नृत्य उमङ्गका साथ हुने गरेको मूल आयोजक समितिका सदस्य सचिव बुद्धप्रकाश सिंहले जानकारी दिनुभयो । बिहान योग कक्षा र बिहान ८ बजेदेखि १० बजे सम्म शिक्षक र विद्यार्थीका लागि सकारात्मक सोच सम्बन्धी कक्षा, बिहान ११ बजदेखि बेलुकी ४ बजे सम्म कथा वाचन, अपरान्ह ५ बजे आरति गरिन्छ ।