दाङ, १८ माघ । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार बेलुका पौने ८ बजेतिर तुलसीपुर ८ कट्कुईया निवासी ४४ बर्षिया लक्ष्मी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकरी दिए ।
आफ्नै घरमा कोहि नभएको अबस्थामा दाउरा बाली चुलोमा खाना पकाउने क्रममा कपडाबाट एक्कासी शरिरमा आगो सल्किदा उनको मृत्यु भएको हो ।
प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार