दाङ, २५ माघ । दाङको लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर नजिक यात्रु बस दुर्घटनामा परेको छ ।
दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको रा १ ख ३१३२ नम्बरको रात्रिबस बिहीबार बेलुकी करिब नौ बजेतिर अनियन्त्रित भई सडक किनारमा पल्टिएको हो ।
बसका यात्रु सबै सकुशल रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । बसमा ३६ जना यात्रुहरू थिए ।
प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
