२०८२ फाल्गुन ३० गते शनिवार | 2026 March 14th Saturday

दाङमा लाउरेलाई हानिएको ढुङ्गा लाग्दा दर्शक घाइते, प्रहरी बेखवर

दाङ, ३ फागुन । दाङको तुल्सिपुरमा र्यापर लाउरेले गीत गाउँदै गर्दा हानिएको ढुङ्गा साउन्ड सिस्टम (speaker) मा लागि रिटर्न आउदा एक जना दर्शकको टाउकोमा चोट लागेको छ । चोट लाग्ने सल्यान घर भै हाल तुलसीपुर बहुप्राविधिक शिक्षालयमा अध्यनरत विद्यार्थी देपेश खड्का रहेका छन् ।

उक्त घटनाको बारेका बुझ्दा ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख ( DSP ) ठाकुर प्रसाद पोख्रेलले उक्त महोत्सव स्थालमा कुनै घटना नघटेको बताएका छन भने घाइते खड्काले आफुले पटक पटक प्रहरीलाई खबर गरेको तर प्रहरीले व्यवास्था गरेको बताएका छन ।

आफू उभिरहेको बेला एक्कासि माथी माट ढुङ्गा आएर चोट लागेको र आफुले प्रहरीलाई बताएको अनि मेलाको स्वस्थ्य हेल्थ डेक्समा पनि गएको र एम्बुलेन्सको चालक पनि नभेटेपछि गेट बाहिर आउदा एक जना महिला प्रहरीले मोटरसाइकल मा बसालेर आफूलाई उपचार गर्न लगेको बताएका हुन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस