२०८३ भाद्र १९ गते शुक्रवार | 2026 September 4th Friday

अर्घाखाँचीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु, एक गम्भीर

काठमाडौ, ५ चैत । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सिमल चौरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको एकको अवस्था गम्भीर छ। सोमबार बेलुका साढे ५ बजे घर लिप्ने माटो लिन गएका महिलाहरुमध्ये दुई जना माटोको ढिस्कोमा पुरिएका थिए।

ढिस्कोमा पुरिएर शितगंगा–२ की  ४० वर्षीय शारदा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए। घाइते ३८ वर्षीया राधा अधिकारीको अवस्था गम्भीर छ। उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको रिजालको भनाइ छ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस