
काठमाडौँ, ५ चैत । प्रहरीले सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्नलागेको भन्दै खड्कालाई पक्राउ गरेको छ ।
सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कालाई पक्राउ गरिएको हो ।
खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनको साथबाट एउटा बन्दुक बरामद गरेको जनाएको छ ।
सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ जारी छ ।
प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार