
काठमाडौ, ५ चैत । रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको बस बागलुङमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको यात्रुबाहक बस बागलुङको निसीखोला गाउँपालिका-६ स्थित जाउलेपानीमा सोमबार साँझ दुर्घटना हुँदा द सात जनाको मृत्यु भएको र २० जना घाइते भएको इलाका प्रहरी कार्यालय, बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिएका हुन् ।
बस मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको र सडकबाट करीब ३०० मिटर तल खसेको प्रहरी निरीक्षक विकले जानकारी दिए। दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको उनले बताए ।
प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार