२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

करेन्ट लागेर ल्याब टेक्निसियन देवकोटाको मृत्यु

दाङ, १२ चैत्र । करेन्ट लागेर एक जना ल्याब टेक्निसियन को  मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १० बनगाउँ घर भइ कपिलवस्तु जिल्लामा आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको आइतबार बेलुकी करेन्ट लागेर मृत्यु भएको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जमा कार्यरत ल्याब टेक्निसियन देवकोटालाई रुखमा काप्रो टिप्न चढेको समयमा करेन्ट लागेको थियो । बेलुका सवा ६ बजेतिर काप्रो टिप्न भनेर रुखमा चढेका बेला उनको भारले रुखको हाँगा लच्किएर नजिकैको हाइटेन्सन लाइनलाई छोएपछि  करेन्ट लागेको प्रत्यक्षदर्शीले बताए ।

करेन्टको झट्का पछि देवकोटा रुखबाट भुइँमा  लडेका थिए । अस्पतालका  कर्मचारी किशोर भण्डारीका अनुसार तत्कालै उद्धार गरि उनलाई मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । चिकित्सकले अस्पताल पुर्‍याउना साथ उनलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस