२०८२ फाल्गुन २३ गते शनिवार | 2026 March 7th Saturday

२३ वटा कम्पनी कालोसूचीमा

काठमाडौं, १४ चैत । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमा काम नगरेको भन्दै केही कम्पनीलाई कालोसूचीमा राखेको छ ।

तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना निकाल्दै तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको उल्लेख गरेको छ । 

कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस