दाङ, १५ चैत । दाङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब साढे ८ बजेतिर बबई गाउँपालिका ७ मलई स्यानी खोला जङ्गलमा घाँस काटेर घर फर्किने क्रममा अचानक भीरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिए ।
बबई गाउँपालिका ७ मलई बस्ने रोबर बहादुर घर्तीकी कान्छी छोरी १८ वर्षीया छोरी करिष्मा घर्तीको मृत्यु भएको हो । करिश्मासँगै सोही ठाउँ निवासी सुष्मा पुन पनि गएकी थिइन् । करिष्मा भीरबाट अन्दाजी ६५ मिटर तल लडेकी थिइन् ।शवको प्रारम्भिक अनुसन्धान पछि पोष्ट मार्टम गरेर अभिभावकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । तुलसीपुरमा अध्ययन गर्ने घर्ती बिदाको समय घर गएकी थिइन ।
प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार