
दाङ, २१ चैत । दाङको देउखुरीमा यात्रुबाहक बस एकआपसमा ठोक्किदा १३ जना घाइते भएका छन । लमही नगरपालिका -३ वनगाउँमा बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि छुटेको रा १ ख २५८१ नम्बरको बस एकआपसमा ठोक्किदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी दुबै बसमा सवार यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ । सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भैरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार