दाङ, । पछिल्लो समयमा देश छोडेर प्रदेशिने क्रम बढीरहेको अवस्थामा गायक तथा सर्जक निरज के. सि ( जेस्ट ) ले सोही समसामयिक बिषयलाई उठाएर एउटा समाज मात्र नभएर सिङ्गो देशको समस्या र पीडा गित मार्फत दर्शाउन खोजेका छन । घर परिवार , वृद्ध बुवाआमा , आफ्नो गाउँ ठाउँ जन्मिएको भुमी छोडेर बिदेशीने रहर कस्लाई पो हुन्छ र ? तर देशको राजनिती अस्थिरता, क्षेमता अनुसार को जागिर नपाउदा , नातावाद – कृपावादको बढी मान्यता हुँदा देशका युवाहरु आफ्नो भविष्य खोज्न, साहुको ऋण तिर्न , आमा-बुबाको सपना पूरा गर्न प्रदेशिरहेको देख्न सकिन्छ – यस आउदैछु गितका निर्देशक तथा सम्पादक वसन्त राना बताउछन् ।
यस “आउदैछु” गितका गायक तथा सर्जक निरज के. सि ( जेस्ट ) हाल अस्ट्रेलियामा प्रचार -प्रसार कै काम व्यस्त छन् । अनले दर्जनौं हिपहप बिधाका गितहरु रचना गरेका छन् भने उक्त गीत उनको आफ्नै अफिसियल युटुब च्यानल (Zest Official ) बाट सार्वजनिक गरिएको छ ।
“आउदैछु” गितको म्युजिक भिडियोको निर्देशन र सम्पादन बसन्त रानाले गरेका हुन, महेश कुसुमिया ले छायांकन गरेका भिडियोमा मुख्य कलाकारको रुपमा अर्जुन रोका मगर, अस्मिता खड्का, निशा मगर, बिजय मल्ल, पर्शुराम पुन , निरज के. सि लगायतको अभिनय रहेका छन् । उक्त गितको भिडियो निर्माण गर्दा सन्दिप गौतम, सुशान्त मल्ल, जेम्स धिताल, अशोक शर्मा, कर्मा प्रोडक्सन, लगायतको समेत ठुलो भुमिका रहेको थियो ।