२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

कांग्रेस नेता आलमलाई जन्मकैदको सजाय

काठमाडौ, १४ वैशाख । नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय फैसला भएको छ । आज जिल्ला अदालत रौतहटमा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।

रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटा भट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।

अदालतले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस