२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

सल्यान घटना अपडेट, हत्या गर्ने ११ जना पक्राउ

सल्यान, १४ बैशाख । सल्यानमा कुटपिट गरी युवकको हत्या गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुमाख गाउँपालिका–५ का २० वर्षीय मानसिंह कुमाई, सोही ठाउँका १९ वर्षीय टिकाराम थापा, १८ वर्षीय सन्तोष कुमाई, १८ बर्षकै हेमन्त थापा, बिमल कुमाई, हेमन्त बुढाथाकी, भरत बुढाथोकी, डण्डबिर कुमाई, मनविर कुमाई, लोकेन्द्र थापा र झलक कुमाई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी नविन कार्कीले जानकारी दिएका छन । कुमाख–५ कौछेको एक घरमा मंगलबार राति विवाहको भोज खाएर नाचगान गर्ने क्रममा सामान्य विवाद भएको र त्यसको केही समयपछी घर नजिकको जंगलमा बोलाएर उनीहरुले विकाससहित ३ जना युवालाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका ३ जना मध्य विकासको नर्सिङ होम नेपालगंजमा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको थियो । सामान्य घाइते भएका सोही ठाउँका २८ वर्षीय मदन केसी रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारीबाट डिस्चार्ज भएपनि १८ वर्षीय शुसिल केसी भने नर्सिङ होम नेपालगञ्जमा उपचारपछी डिस्चार्ज भएको डीएसपी कार्कीले बताएका छन । पक्राउ परेका ११ जनालाई जिल्ला अदालत सल्यानबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस