२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

विद्यार्थिले गुरु,विद्यालय र अभिभावक कहिल्यै भुल्न हुदैन : एसपी केसि

दाङ, २९ वैशाख । घोराहि १५ रतरपुरमा संचालित गुरुकुल एकेडेमिका कक्षा १२ का बिद्यार्थिहरु दिक्षित भएका छन । बिद्यालयका २०८० सालको १२ कक्षाको परीक्षामा सम्मिलित भएका बिद्यार्थिहरुलाई दिक्षित गरीएको हो । बिद्यालयको प्रांगनमा आज शनिवार एक कार्यक्रम गरी दिक्षान्त कार्यक्रम सम्पन्न गरीएको हो । बिद्यालयका दास्रो ब्याचका बिद्यार्थिहरुलाई दिक्षित गरीएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी उपरीक्षक राम बहादुर केसिको प्रमुख आतिथ्यतामा सम्पन्न सो दिक्षान्त समारोहमा गुरुकुल एकेडमिमा कक्षा १२ का विज्ञान तथा ब्यबस्थापन संकायका ११३ जना बिद्यार्थीहरु दिक्षित भएका छन् । सो अवसरमा प्रमुख अतिथि केसिले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुका साथै शिक्षा प्रणाली र अवसरहरुको बारेमा मन्तव्य राखेका थिए । साथै उँनले गुरु , विद्यालय र अभिभावकले कहिले गलत कुरा नसिकाउने भएकाले यि तिन कुरालाई कहिल्यै भु्ल्न नहुने बताएका थिए । विद्यार्थि जिवनमा धेरै नकारात्मक कुराहरु आँउने जस्तै कक्षा १२ को परीक्षामा चिट चोर्नको लागि लगिएका मोबाइलहरु नियन्त्रण गरेको उदाहरण दिदै बठ्याई भन्दा कडा मेहनत गरेपछि मात्र मान्छे सफल हुने बताएका हुन । दिक्षान्त कार्यक्रममा कक्षा १२का बिद्यार्थि नवदिप चौधरीले गुरुकुलमा अध्ययण गर्दाको अनुभव र त्यँहा सिकेको बिभिन्न अतिरीक्त कृयाकलापको बारेमा प्रस्ट पार्दै आफ्नो भनाई राखेका थिए । यस्तै अभिभावक युवराज डाँगिले शैक्षिक क्षेत्रमा गुरुकुल एकेडेमिको जस्तो राम्रो बातावरण अन्य बिद्यालयमा आफुले अनुभव नगरेको बताएका हुन । गुरुकुलले अहिले जुन पद्धतिबाट शिक्षण सिकाई कृयाकलाप गरीरहेको छ त्यो एकदमै राम्रो भएको हुदा आगामि दिनमा अझै सफलताको शुभकामना समेत दिएका हुन । बिद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसिले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । समाजमा आएका नकारात्मक कुराहरुलाई यथार्थ मा केहो भन्ने कुरा बुझ्न आबश्यक रहेको बताएका हुन । गुरुकुल एकेडेमी एउटा पुर्ण मानव बनाउने सोचका साथ स्थापना भएको गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेले बताए । एउटा विद्यार्थिलाई कसरी पुर्ण मानव बनाउन सकिन्छ भन्ने खोज र अनुसन्धान गरी शिक्षा प्रदान गर्ने अभियानमा रहेको बताएका हुन । कार्यक्रममा बिद्यालयका विज्ञान विषय संयोजक अजय शाह र ब्यबस्थापन विषयका पुर्व संयोजक डम्बर रावत लगायत विदार्थिहरुले आफ्ना भनाई राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा भएको दिक्षित कार्यक्रममा बिद्यालयका प्लस टु संयोजक तथा गुरुकुल एकेडेमी लमहिका शैक्षिक निर्देशक निमानन्द गैरेले स्वागत मन्तब्य राखेका थियो भने कार्यक्रमको संचालन शिक्षक विवेक देबकोटा तथा ल्याव इन्चार्ज सचिन परीयारले गरेका थिए । 

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस