
दाङ, ४ जेठ । दाङको तुलसीपुरमा बलात्कार मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक मानपुर-६ हाल तुलसीपुर-१६ निवासी ५५ वर्षिय छबिलाल चौधरी र तुलसीपुर-४ निवासी ५५ बर्षकै राम बहादुर गन्धर्व रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।
चौधरीलाइ १४ बर्षपछि र गन्धर्वलाई ४ बर्षपछि पक्राउ गरिएको प्रहरी बताएको छ । पक्राउ परेका चौधरीलाई दाङ जिल्ला अदालतले २०७७ साल चैत २५ गते बलात्कार मुद्दामा दोसि ठहर गरेको थियो भने गन्धर्वलाई २०८० पुस २२ गते उच्च अदालत तुलसीपुरले दोसि ठहर गरेको थियो ।
२०६७ सालदेखि फरार रहेका चौधरी र २०७७ सालदेखि फरार रहेका गन्धर्वलाई खोजतलास गर्दै जाद विभिन्न स्थानबाट उनीहरुलाई बिहिवार पक्राउ गरि कैद भुक्तानका लागि करागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार