२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

पत्रकार महासङ्घ दाङको नेतृत्वमा प्रेस युनियनको दावी

दाङ, ५ जेठ । आसन नेपाल पत्रकार महासंघ दाङको निर्वाचनमा नेपाल प्रेस युनियन दाङले नेतृत्वको दावि गरेको छ । नेपाल प्रेस युनियन दाङको तुलसीपुरमा सम्पन्न बैठक तथा क्षेत्रीय भेलामा सहभागीहरुले युनिनको नेतृत्वमा महासंघमा जानुपर्ने धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघ पत्रकारहरुको साझा संगठन भएकाले यस पटक सवैलाई मिलायर युनियनको नेतृत्वमा अगाडी बढनुपर्ने भेलामा सहभागीहरुको भनाई थियो । पत्रकार महासंघ दाङको आसन्न निर्वाचनमा नेतृत्व चयनमा लागि सहमति सहकार्य जारी राख्दै युनियनकै नेतृत्वमा अगाडी बढने सहभागीको माग थियो ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको बैठकले यो पटक आफुहरुले नेतृत्व गर्नुपर्ने सहभागी प्रतिनिधिहरुको भनाई थियो ।

‘महासंघको आगामी निर्वाचनमा हाम्रो नेतृत्वका लागि दाविछ, नेतृत्वको दावि सहित हामीहरुले सहमति सहकार्यलाई भने निरन्तर्ता दिएका छौं – युनियनका अध्यक्ष खड्काले भने ।’ उनले त्यसका लागि सवै संगठनहरु संग छलफल भने भई रहेको बताए । ‘यो पटक जिल्लामा हामीहरुले नेतृत्व गर्न पाउनुपर्छ भन्नेहो हामीहरुले त्यसका लागि छलफल पनि अगाडी बढाएका छौं फेरी पनि छलफल हुने छ उनले भने।’

त्यस्तै युनियनका सल्लाहकार सन्तोष सुवेदी, सुसिल बस्नेतले पनि महासंघको नेतृत्व युनियनले गर्नुगरी सवैलाई समेटेर लैजानु पर्ने धारणा व्यक्तिगरेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नारायाणी रजौरे, चेतन रेग्मी, अन्जना चौधरी, नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष गोपाल शर्मा भट्टराई, निर्वतमान सचिव आरके सितल, सहसचिव सन्तोष केसी, केन्द्रिय पार्षद देविराम कुसारी, लगायतले युनियनकै नेतृत्वमा महासंघमा जानुपर्ने सुझाव दिएका थिए ।

उनीहरुले अन्तम समय सम्म सर्वसहमतको लागि पहल गर्ने र यदि सो हुन नसकेको पनि निर्वाचनमा जाने बताएका थिए । ‘सके सम्म सवैलाई मिलायर अगाडी बढने प्रयत्न हाम्रो हुनुपर्छ यदि सो हुन सकेन भने पनि युनियन आफ्नो नेतृत्वमा चुनावमा जान्छ उनीहरुले भने ।’

उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत सम्मान

      त्यसै विच प्रेस युनियन दाङले तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सम्मान गरेको छ । तुलसीपु उद्योग वाणिज्य संघ अध्यक्ष विनिल केसी, उपाध्यक्ष देवबहादुर केसी, महासचिव केशवराज केसी, कोषाध्यक्ष रुपेश शर्मा, सहकोषाध्यक्ष दिपेश भण्डारी, सदस्य सन्दीपन रिजाल र सदस्य विमल गौतमलगायतलाई स्वागत सम्मान गरेको हो ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष विनिल केसीले आफुहरु व्यवसायहरुको हक हितका लागि लाग्ने बताएका थिए । उनले आफुहरुले चुनावमा लिएका एजेष्डाहरुलाई पुरा गर्ने बताए ।

‘निर्वाचनमा पत्रकारहरुले खेलेको भुमिका अतुल्नीय छ, हामीहरुले व्यवसायीहरुको हक हितको पक्षमा काम गर्ने छौं –उनले भने ।’ उनले आफुहरुका राम्रा र नराम्रो दुवै पक्षलाई पत्रकारहरुले औल्याउनु पर्ने बताए । ‘हामीहरुले गरेका राम्रोकुराहरुलाई सत्यतथ्य बाहिर ल्याउने काम पत्रकारहरुको हो कहि कमिकम्जोरी भएभनेपनि खवरदारी गर्नुहोला – अध्यक्ष केसीले भने । ’

त्यस्तै युनियनका अध्यक्ष नारायण खड्काले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गदै पत्रकारहरुले राम्रो कुरामा साथ सहयोग र नराम्राकुराहरुलाई उजागर गर्ने बताएका थिए । उनले व्यवसायीक हक हित र तुलसीपुरको विकासमा लाग्न आग्रह गरेका थिए ।

क्षेत्रीय समन्वय समिति विस्तार

   त्यसै विच नेपाल प्रेस युनियन दाङको क्षेत्रीय भेलाले निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समन्य समिति विस्तार गरेको छ । प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्टराईको संयोजकत्वमा उपसंयोजकमा प्रेम पुन र सदस्य सचिवमा जयन्ती चौधरीलाई चयन गरेको छ ।

भेलाले प्रेस युनियनलाई क्रियासील राख्न तथा यस क्षेत्रमा समन्वयका लागि क्षेत्रीय समन्वय समिति विस्तार गरेको हो । नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण प्रेस युनियन दाङका सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस