२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

बबई नदीमा डुबेर सल्यानका २ जनाको मृत्यु

सल्यान, ६ जेठ । सल्यानको कालिमाटी गाउँपालिका ७ सल्यान थरीस्थित बबई नदीमा पौडी खेल्न क्रममा डुबेर २ जनाको ज्यान गएको छ । शनिबार कालिमाटी गाउँपालिका  ७ सल्यानथरीका ३७ वर्षीय दिलबहादुर कार्की र सोही गाउँका प्रकाश परियारको छोरा अन्दाजी ५ वर्षीय सुवास परियारको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए । 

उनीहरू दिउँसो ४ बजे आ–आफ्नो घरबाट नुहाउन गएकोमा अबेरसम्म घरमा नफर्केपछि स्थानीयहरूले प्रहरी चौकी घुईयावारी सल्यानमा खबर गरेका थिए । त्यसपछि प्रहरी र स्थानीयहरूले खोजतलास गर्दै दुवैको शव राति साढे ११ बजे फेला पारेका थिए । 

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस